काठमाडौं: मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई थुनामा राख्नुको २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न सर्वोच्च अदालतले सुरक्षा निकायलाई आदेश दिएको छ।
न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले बुधबार बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।
अदालतले प्रसाईंसँग सम्बन्धित अनुसन्धान फाइल समेत सुनुवाइका दिन पेस गर्न निर्देशन दिएको छ।
प्रसाईंको पक्षबाट अधिवक्ता आशिष लुइँटेलले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय पर्साले प्रसाईंलाई विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरअन्तर्गत अनुसन्धानका लागि सोमबार साँझ वीरगञ्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो। हाल उनलाई प्रहरी हिरासतमा राखिएको छ।



















