जेनजी आन्दोलनका घाइतेलाई निःशुल्क उपचारसँगै मासिक भत्ता दिने

काठमाडौं: सरकारले जेनजी आन्दोलनका घाइतेलाई निःशुल्क उपचारसँगै मासिक भत्ता दिने घोषणा गरेको छ।
शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेनजी आन्दोलनका घाइतेको अवस्थाअनुसार निःशुल्क स्वास्थ्य उपचार र मासिक भत्ता उपलब्ध गराइने जानकारी दिएका हुन्।

वाग्लेका अनुसार जेनजी आन्दोलनमा घाइते भएकाहरूलाई लक्षित गर्दै उद्यमशीलता विकाससम्बन्धी कार्यक्रमसमेत सञ्चालन गरिनेछ।