सरकारी कर्मचारीको तलब २१ प्रतिशतसम्म बढ्ने

काठमाडौं: सरकारले सरकारी कर्मचारीको तलब र सुविधा बढाउने घोषणा गरेको छ।

आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले ले नयाँ तलबमानअनुसार कर्मचारीलाई थप १० प्रतिशत मासिक प्रोत्साहन भत्ता उपलब्ध गराइने जानकारी दिएका हुन्।

आगामी आर्थिक वर्षदेखि लागू हुने गरी आधारभूत तलबमा १० प्रतिशत वृद्धि गर्नुका साथै कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता दिने व्यवस्था गरिएको छ ।

उनका अनुसार तलब वृद्धि र प्रोत्साहन भत्ता जोड्दा कर्मचारीको हालको पारिश्रमिकमा करिब २१ प्रतिशतसम्म वृद्धि हुनेछ।

ग्रेडसहित न्यूनतम मासिक तलब ४० हजार रुपैयाँभन्दा माथि पुग्ने र उच्च तहका कर्मचारीको पारिश्रमिक एक लाख रुपैयाँ नाघ्ने उनले जानकारी दिए।