काठमाडौं: प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर जारी विवाद बुधबार पनि प्रतिनिधिसभामा चर्किएको छ।
परराष्ट्रमन्त्री शिशिर खनालले सरकारको तर्फबाट जवाफ दिएलगत्तै विपक्षी दलका सांसदहरूले बैठक अवरोध गरेका हुन्।
प्रधानमन्त्री बालेन शाहले केही दिनअघि संसद्मा नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको हुन सक्ने अभिव्यक्ति दिएका थिए। सोही विषयमा उठेका प्रश्नहरूको जवाफ दिन बुधबार परराष्ट्रमन्त्री खनालले संसद्मा सरकारको धारणा प्रस्तुत गरेका थिए।
मन्त्रीको जवाफ सकिएपछि विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए।




















