काठमाडौं: प्युठानको स्वर्गद्वारी नगरपालिका–२, बांगेसल्लास्थित सडकमा भएको सवारी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर मीनराज रानामगरको निधन भएको छ।
प्रहरीका अनुसार स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेका ५० वर्षीय उपमेयर रानामगरले चलाएको लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी अनियन्त्रित भई करिब ५०० मिटर तल खसेर दुर्घटनामा परेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका रानामगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।


















