काठमाडौं: सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ परेकी छन्।
उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीले पक्राउ गरेको हो।
केसीलाई पक्राउ गरिएको साइबर ब्यूरूका प्रवक्ता दिलीप कुमार गिरीले जानकारी दिए। उनका अनुसार केसीविरुद्ध साइबर कसुरसम्बन्धी अनुसन्धान अघि बढाइएको छ।
काठमाडौं जिल्ला अदालतले केसीलाई अनुसन्धानका लागि एक दिनको म्याद थप गरेको छ।
प्रहरीका अनुसार केसीले सामाजिक सञ्जाल तथा विभिन्न युट्युब च्यानलमार्फत राधिका दासीविरुद्ध विभिन्न किसिमका अफवाह फैलाएको आरोप लागेको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।



















