अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन

काठमाडौँः अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ । उनको जर्जियास्थित आफ्नै घरमा निधन भएको अमेरिकी समाचार संस्था रोयटर्सले जनाएको छ ।

 

१ अक्टुबर १९२४ मा जन्मिएका उनी १९७७ देखि १९८१ सम्म अमेरिकाको ३९ औं राष्ट्रपति बनेका थिए ।

 

मध्यपूर्वमा शान्ति स्थापनाका लागि ऐतिहासिक क्याम्प डेभिड सम्झौता गर्न मध्यस्थता गरेकाले उनले सन् २००२ मा नोबेल शान्ति पुरस्कार पनि पाएका थिए ।

 

राष्ट्रपति कार्टरले पाँचपटक नेपाल भ्रमण गरेका छन् । उनी पहिलो पटक १९८५ मा नेपाल भ्रमणका लागि आएका थिए । त्यस समयमा उनले ग्रामीण विकास र स्वास्थ्य सेवाका परियोजनाहरूको निरीक्षण समेत गरेका थिए ।

 

सन् २०१५ मा उनी अन्तिम पटक अर्थात पाँचौँ पटक नेपाल भ्रमणमा आएका थिए ।