नेपालमा एमपक्सको तेस्रो बिरामी

काठमाडौं :  साउदी अरबबाट नेपाल आएका अर्काे एक नेपालीमा एमपक्स पुष्टि भएको छ ।

एमपक्सको आशंकामा गरिएको पीसीआर परिक्षणमा ४४ वर्षीय पुरुषमा एमपक्स पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका अनुसार आइतबार उनको पीसीआर जाँच गरिएको थियो । उक्त जाँचमा उनलाई एमपक्स पुष्टि भएको प्रयोगशालाले जनाएको छ । एमपक्स देखिएका उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि पनि साउदैबाटै नेपाल आएका तनहुँका ३६ वर्षीय नेपालीमा एमपक्स देखिएको पुष्टि भएको थियो ।

नेपालमा पहिलो पटक विदेशी नागरिकमा २०८० असार १ गते मंकीपक्स संक्रमण पुष्टि भएको थियो ।