काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल र अतिरिक्त सचिव डा. दीपेन्द्र रमण सिंह सोमबार देखि अवकाश हुने भएको छ ।
डा. पोखरेल र डा. सिंह विशिष्ठ श्रेणीको पाँच वर्षे कार्यकाल पुरा गरि भोलि देखि अवकाश हुन लागेका हुन् ।
पाँच वर्ष अघि १२ फागुन २०७६ का दिन बसेको मन्त्रिपरिषद् बैठकले डा. पोखरेल, डा सिंह र महेन्द्रप्रसाद श्रेष्ठलाई १२ औँ तह त्यसबेला प्रमुख विशेषज्ञ पदमा बढुवा गरिएकोे थियो । उमेर हदका कारण श्रेष्ठ २०७८ साउन १७ मा अवकास पाएकाा थिए ।
प्रमुख विशेषज्ञ बनेको करिब डेढ वर्ष पछि २०७८ साउन ४ गते डा. पोखरेल स्वास्थ्य सचिवमा नियुक्त भएका थिए ।
स्वास्थ्य मन्त्रालयले भोली देखि अवकाशमा जान लागेका दुई जना विशिष्ठ श्रेणीका कर्मचारीहरुलाई आज विदाई कार्यक्रम हुदैंछ ।
दुई जना विशिष्ठ श्रेणीका कर्मचारीहरुको विदाईसंगै स्वास्थ्य समूहबाट एक जना स्वास्थ्य सचिव बन्ने मौका मिल्ने छ भने अर्को एक जनालाई अतिरिक्त स्वास्थ्य सचिवमा बढुवा हुने बाटो खुल्ला भएको छ ।


















