बसन्तपुरमा चीर ठड्याइएसंगै सुरु भयो होली पर्व

काठमाडौं: आजबाट रङ्गहरूको पर्व होली सुरु भएको छ ।

शुक्रवार बिहान काठमाडौँको वसन्तपुरमा चीर ठड्याइएसंगै होली सुरु भएको हो ।

फागुन शुक्ल अष्टमीका दिन काठमाडौँको वसन्तपुरस्थित हनुमान ढाेका दरबार अगाडि चीर ठड्याएपछि देशभर होली पर्व सुरु भएको मानिन्छ ।

यो वर्ष होली पर्व पाहाडी जिल्लामा फागुन २९ तराई जिल्लामा चैत १ गते परेको छ ।