प्रधानमन्त्री ओली सुर्खेत पुगे, आजै प्रदेश सभालाई सम्बोधन गर्ने

सुर्खेतः प्रधानमन्त्री केपी शर्मा ओली सुर्खेत पुगेका छन् । मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन उनी शुक्रबार दिउँसो वीरेन्द्रनगर आइपुगेका हुन् ।

उनी विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन कुइनेपानीमा हुने दीक्षान्त समारोहमा सहभागी हुनेछन् ।
दीक्षान्त समारोहमा तीन हजार ८४१ जना विद्यार्थीहरू दीक्षित हुनेछन् ।

उनले आजै कर्णाली प्रदेशसभालाई विशेष सम्बोधन गर्ने कार्यक्रमसमेत छ ।

प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार साढे दुई बजे प्रदेशसभामा मुख्यमन्त्री यामलाल कँडेलले प्रधानमन्त्रीको स्वागत गर्नेछन् ।

लगत्तै प्रदेशसभामा प्रधानमन्त्रीको विशेष सम्बोधन हुनेछ ।

प्रधानमन्त्री आउने कार्यक्रमसँगै बिहानैदेखि सुर्खेतमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।