देशभर एक महिनामा ५०१ आगलागीका घटना

काठमाडौं: देशभर एक महिनाको अवधिमा ५०१ आगलागीका घटना भएका छ्न्। साथै देशका विभिन्न क्षेत्रमा लागेको आगलागीबाट ६ जनाको मृत्यु भएको छ।

एनेपाल प्रहरी केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार आगलागीबाट मृत्यु हुनेमा एक पुरुष, चार महिला र एक बालक रहेका छन् । साथै सोही
आगलागीका घटनमा ३० पुरुष, २६ महिला, ६ बालक र तीन बालिका घाइते बनेको प्रहरीको तथ्यांक छ ।

त्यस्तै, आगलागीबाट ८७ घर र ५७ गोठमा आगलागी भएका छ्न् भने १४६ पशुचौपाय मरेका छन् । यसैगरी आगलागीका करण ३८ परिवार विस्थापित बनेका छ्न्।

साथै आगलागीबाट ४० करोड ४८ लाख रुपैयाँ बराबरको क्षति पुगेको प्रहरीको तथ्यांक छ ।

कुन नुन प्रदेशमा कति आगलागीका घटना: 

सबैभन्दा बढी कोशी प्रदेशमा जहाँ १३५ आगलागीका घट्ना भएका थिए । यसैगरी मधेस प्रदेशमा १०५, बाग्मती प्रदेशमा ४४, काठमाडौँ उपत्यकामा ४९, गण्डकी प्रदेशमा ३३, लुम्बिनीमा ६४, कर्णालीमा ३० र सुदूरपश्चिम प्रदेशमा ४१ आगलागीका घटना घटेका छ्न् ।