प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं: प्रतिनिधिसभाको बैठक लागि स्थगित भएको छ ।

विपक्षी दलहरूले अडान नछाडेपछि बैठक सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।

आइतबार बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच भनाभन भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरेर अपराह्न ४ बजेका लागि बोलाइएको थियो ।

तर, विपक्षीले अडान नछाडेपछि बैठक भोलि बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो । भोलिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तय भएको सत्तापक्षका नेताहरूले बताएका छन् ।

विपक्षी दलहरूले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्री ओलीले जवाफ नदिनएसम्म बैठक चल्न नदिने अडान लिएका छन् ।