काठमाडौं: पाँच दिनदेखि सुनको भाउ लगातार बढिरहेको छ । पाँच दिनमै मूल्य प्रतितोला ७ हजार ५ सय रुपैयाँ बढेको छ ।
गत मंगलबार प्रतितोला १ लाख ९० हजारमा कारोबार भएको सुन आज आइतबार १ लाख ९७ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिनको तुलनामा आजको भाउ ४ सय रुपैयाँ बढी हो । यसअघि वैशाख ९ गते सुनको भाउ १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ ।
उच्च मूल्यमा पुगेर चाँदी स्थिर रहेको छ । चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँमा स्थिर छ ।

















