काठमाडौं: त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा खड्ग केसीले यो वर्ष करिब ९० हजार विद्यार्थी ग्राजुएट हुने बताएका छन् ।
त्रिविको ६६ औं वार्षिकोत्सवमा उपकुलपति केसीले अहिलेसम्मकै धेरै विद्यार्थी ग्राजुएट हुन लागेको बताएका हुन्
‘ग्रेसलिस्ट तयार गरिरहेका छौँ । लगभग यो वर्ष ९० हजार विद्यार्थीले ग्राजुएट गर्दैछन् । निकै ठूलो संख्या हो,’ उपकुलपति केसीले भने, ‘संसारको धेरै विश्वविद्यालमा ९० हजार विद्यार्थी हुँदैनन् ।’
यद्यपि, उपकुलपति केसीले अपेक्षा अनुसार विद्यार्थीलाई सेवा दिन नसकिएको बताए । पछिल्लो एक वर्षमा सुधारको काम हुन थालेको उनले दाबी गरे ।
‘परीक्षामा सुधार भएको छ । किन विद्यार्थीको संख्या बढ्यो भन्दा डेढ वर्षमा हुने नतिजालई तीन महिनामा झार्न सफल भएका छौँ,’ कसीले भने- ‘समयमा पढाइ, समयमा कोर्स पूरा गरेर परीक्षा भएर नतिजा आउनु अनौठो कुरा होइन । तर यही नै ठूलो उपलब्धि लिनुपर्ने परिस्थिति छ । यसकारण ९० हजार विद्यार्थी ग्राजुएट हुन लागेको हो ।’



















