प्रधान मन्त्री भेट्न सिंहदरबार पुगेका जेनजी आन्दोलनका घाइतेहरू पक्राउ

काठमाडौं: प्रधानमन्त्रीलाई भेट्न भन्दै सिंहदरबार पुगेका जेनजी आन्दोलनका घाइतेहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

जेनजी आन्दोलन हाइज्याक गरिएको भन्दै प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका आन्दोलनका घाइतेहरू आक्रोशित भएपछि प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू हामी नेपालका संयोजक सुदन गुरुङमाथि समेत खनिएका थिए । उनीहरूले आन्दोलनका सहिद र घाइतेहरूको अपमान हुने किसिमका गतिविधिहरू सह्य नहुने चेतावनी दिँदै सुदन गुरुङलाई जेनजी पुस्ताको नेता मान्न नसकिने समेत बताए ।

सुदनको नाम लिएर होहल्ला गर्न थालेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।