प्रतिनिधि सभामा फोटो र भिडियो खिच्न प्रतिबन्ध

काठमाडौँ: प्रतिनिधि सभाको बैठकमा अब फोटो खिच्न तथा अडियो–भिडियो रेकर्ड गर्न नपाइने भएको छ।

नयाँ कार्यसञ्चालन नियमावलीको मस्यौदामा यस्तो व्यवस्था गरिएको हो। नियमावलीको नियम २० मा यो व्यवस्था गरिएको छ। जसअनुसार बैठक कक्षमा मोबाइल साइलेन्ट राख्नुपर्ने र फोन प्रयोगमा समेत प्रतिबन्ध लगाइएको छ।