काठमाडौं: कुलमान घिसिङ ले किर्तिपुरस्थित राधास्वामी सत्संग भवन (व्यास नेपाल भवन) मा रहेका भूमिहीन सुकुम्बासीहरूसँग भेट गरी उनीहरूको समस्या बुझेका हुन्।
सरकारले सुकुम्बासी बस्ती हटाउने अभियान तीव्र बनाइरहेका बेला धेरै परिवार प्रभावित भएका छन्।
हाल सरकारले सुकुम्बासी बस्ती खाली गराउने अभियानलाई तीव्र बनाइरहेको छ। काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउने क्रम जारी छ।



















