काठमाडौँ: आज राष्ट्रिय पत्रकारिता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
१९५८ साल वैशाख २४ गते पहिलो नेपाली अखबार ‘गोर्खापत्र’ प्रकाशन भएको दिनको स्मरणमा सरकारले २०७३ सालदेखि हरेक वर्ष यो दिवस मनाउँदै आएको हो ।
दिवसका अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रपति भवनमा विशेष समारोह आयोजना गरी राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान प्रदान गर्ने कार्यक्रम राखेको छ ।
साथै, ‘गोर्खापत्र’ दैनिकले १२६औँ वर्ष प्रवेशको अवसरमा विशेष अङ्क प्रकाशित गरेको छ ।
दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाहलगायत विभिन्न उच्च पदस्थ व्यक्तित्वहरूले शुभकामना सन्देश समेत दिएका छन् ।



















