काठमाडौं: बुढानीलकण्ठ नगरपालिकाले ७ दिने एआई बुट क्याम्प तथा डिजिटल मार्केटिङ सम्बन्धी तालिम सुरु गरेको छ।
आजबाट ( बुधबार ) वडा नं. ७ मा स्थानीय युवायुवतीलाई लक्षित गरी ७ दिने एआई बुट क्याम्प तथा डिजिटल मार्केटिङ सम्बन्धी तालिम सुरु भएको हो।
नगरपालिकाद्वारा आयोजित तालिममा २० जनाभन्दा बढी सहभागी रहेका छन्।
हात्तीगौंडामा सञ्चालन भएको तालिममा कृत्रिम बुद्धिमत्ता (AI), डिजिटल मार्केटिङ, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, कन्टेन्ट क्रियसन तथा अनलाइन व्यवसाय प्रवर्द्धनबारे व्यवहारिक र सैद्धान्तिक ज्ञान प्रदान गरिने छ।
तालिमले युवाहरूलाई प्रविधिमैत्री र आत्मनिर्भर बनाउन प्रेरित गर्ने तथा यस्ता सीपमूलक तालिमलाई नगरपालिकाले निरन्तरता दिने जनाएको छ।



















