प्रधानमन्त्री नआउँदा अन्तरास्ट्रिय छवि बिग्रन सक्छ: महाविर पुन

काठमाडौं: स्वतन्त्र सांसद महावीर पुन ले प्रधानमन्त्री वालेन्द्र शाह नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुन नआएको विषय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसम्म पुग्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउने प्रयास भइरहेको तर प्रधानमन्त्री स्वयं नआउन खोजिरहेको टिप्पणी गरे ।

“हामीले पनि उहाँलाई ल्याउने कोसिस गरिरहेका छौँ, उहाँ पनि नआउने कोसिस गरिरहनुभएको छ,” पुनले भने, “भोलि यो कुरा इन्टरनेशनल मिडियामा गए के होला ?”

प्रधानमन्त्रीको अन्तर्राष्ट्रिय छविमाथि असर पर्न सक्ने संकेत गर्दै उनले विश्व सञ्चारमाध्यममा बालेनको चर्चा भइरहेका बेला संसद्‌प्रतिको व्यवहारले नकारात्मक सन्देश जान सक्ने बताए ।

बुधबार सदन अवरुद्ध हुँदा बोल्न नपाएकोप्रति पनि कटाक्ष गर्दै “हिजो पढ्न पाइएन, आज पढ्न पाइयो” उनले भने ।