जेनजी आन्दोलनमा ४९ जनामाथि थप अनुसन्धान सिफारिस

काठमाडौं: राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाबारे विभिन्न राजनीतिक नेता, अभियन्ता तथा सार्वजनिक प्रभाव भएका व्यक्तिहरूमाथि थप अनुसन्धान गर्न सिफारिस गरेको छ ।

आयोगले सार्वजनिक गराएको प्रतिवेदनमा आन्दोलनका क्रममा सार्वजनिक अभिव्यक्ति, गतिविधि र त्यसले प्रदर्शनमा पारेको प्रभावबारे विस्तृत अध्ययन आवश्यक रहेको उल्लेख गरिएको छ ।
प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसदहरू गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, डा. तोषिमा कार्की, मनिष झा, हरि ढकाललगायतको नाम समावेश गरिएको छ ।
त्यस्तै सिसन बानियाँ, निश्चल बस्नेत, रवि किरण हमाल, भाग्य न्यौपाने, दुर्गा प्रसाईं, हिमानी राज्य लक्ष्मी सिंहलगायत सार्वजनिक व्यक्तित्वको भूमिकामाथि पनि थप अनुसन्धान आवश्यक रहेको आयोगको निष्कर्ष छ ।
आयोगका अनुसार आन्दोलनका क्रममा व्यक्त गरिएका अभिव्यक्तिले प्रदर्शनकारीलाई प्रभावित पारे वा सार्वजनिक शान्ति तथा सुव्यवस्थामा असर पुर्‍यायो वा पुर्‍याएन भन्ने विषयमा अनुसन्धान गर्नुपर्ने देखिएको हो ।
आयोगले कुल ४९ जनामाथि थप अनुसन्धान गर्न सिफारिस गरेको छ ।

आयोगले थप अनुसन्धान सिफारिस गरेका ४९ जनाको सूचीः
१. गणेश कार्की
२. सुलभ खरेल
३. बब्लु गुप्ता
४. रक्षा बम
५. कृष्ण कार्की
६. डा. तोषिमा कार्की
७. राजीव खत्री
८. शाम शर्मा
९. केपी खनाल
१०. दीपक बोहरा
११. मनिष झा
१२. ज्वाला संग्रौला
१३. हेमराज थापा
१४. पुरुषोत्तम यादव
१५. आशिका तामाङ
१६. विमल पन्त
१७. शोभ शर्मा
१८. विवेक थपलिया
१९. सिसन बानियाँ
२०. आसिममान बस्नेत
२१. भाग्य न्यौपाने
२२. टंक दाहाल
२३. भिक्टर पौडेल
२४. अंकित मल्ल
२५. उमेश बोहरा
२६. शिव यादव
२७. विनोद देवकोटा
२८. सरु सुनुवार
२९. भीम उपाध्याय
३०. रवि किरण हमाल
३१. हरि ढकाल
३२. निश्चल बस्नेत
३३. सुसिला कार्की
३४. ओम प्रकाश अर्याल
३५. गौरी बहादुर कार्की
३६. पशुपति खड्का
३७. दुर्गा प्रसाईं
३८. उज्ज्वल बराल
३९. जेरी ताम्राकार
४०. हेमसागर विद्रोही
४१. बुद्ध छिरिङ
४२. सन्तोष राजावादी
४३. अमित खनाल
४४. दीपक देवकोटा
४५. गौरव बराल
४६. हिमानी राज्य लक्ष्मी सिंह
४७. निशान मैनाली
४८. खेमराज साउद
४९. अमनप्रताप अधिकारी