काठमाडौं: नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ ।
एकैदिन सुन प्रतितोला ५ हजार ५ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि २१५ रुपैयाँले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ ।
बुधबार यही सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ८६५ रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ८० रुपैयाँमा कारोबार भएको थियो ।


















