काठमाडौँः फार्मेसीहरुले कानुनविपरीत आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री भइरहेको पाइएको छ । जनस्वास्थ्य कार्यालय काठमाडौंले हालै गरेको अनुगमनका क्रममा उक्त अवस्था भेटिएको हो ।
जनस्वास्थ्य कार्यालय काठमाडौंकाले नयाँ बानेश्वरको किड्स पसल, टेकुस्थित प्रकाश फार्मेसी तथा प्रकाश एलाइट्स लगायतका औषधी पसलमा अनुगमन गर्दा कानुनविपरीत यस्ता वस्तुको देखाएर विक्रि वितरण गरेको पाएको हो ।
जनस्वास्थ्य कार्यालयका अनुसार कतिपयले अनलाइनमार्फत छुट दिएर सामान बिक्री गर्ने गरेको पाइएको समेत जनाएको छ ।
आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तुको प्याकेटमा ’बच्चाका लागि स्तनपान सबैभन्दा असल दुध हो’ भन्ने सन्देश अनिवार्य राख्नुपर्ने भए पनि यस्ता सन्देश समेत नराखिएको भेटिएको थियो ।


















