बुढानीलकण्ठ नगरपालिकाद्धारा कौसि खेति प्रतियोगिता संचालन गरिने

काठमाडौंः  बुढानीलकण्ठ नगरपालिका कृषि विकास शाखाबाट असल कृषक कार्यक्रम र कौसि खेति प्रतियोगिता संचालन गर्ने भएको छ ।

बुढानीलकण्ठ नगरपालिका कृषि विकास शाखाको आ.व.२०८१÷८२ को स्वीकृत कार्यक्रम अन्तर्गत असल कृषक कार्यक्रम र कौसी खेती प्रतियोगिता कार्यक्रममा संचालन हुन लागेको हो ।

यस प्रतियोगितामा सहभागिता जनाउँन चाहने सहभागीले नगरपालिकाले निर्धारण गरेका सर्त भने पालना गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।

प्रतियोगिताको शर्तहरुमा नगरपालिका भित्रका कृषक समूह÷निजी कृषि फार्म÷कृषि सहकारी÷कौसी खेती गरिरहेको हुनुपर्ने छ।

साथै प्रतियोगितमा भाग लिने सहभागिले माघ २७ गते सम्म नगरपालिकाको कृषि विकास शाखामा आवेदन दिुनुपर्ने बुढानीलकण्ठ नगरपालिकाले जनाएको ।