स्वास्थ्यलाई ९५ अर्ब ८१ करोड बजेट विनियोजन

काठमाडौं: सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्यलाई ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरेको छ।

संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री विष्णु पौडेलले उक्त जानकारी दिएका हुन्।

स्वास्थ्य क्षेत्रमा यस पटक एक खर्ब बजेट आउने अनुमान गरिएको थियो। तर एक खर्ब भन्दा ४ अर्ब १९ करोड कम बजेट आएको छ।