अर्थमन्त्री अनुपस्थित भएपछि अमरेश सिंहको आपत्ति

काठमाडौं: अमरेशकुमार सिंहले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा डा. स्वर्णिम वाग्ले अनुपस्थित रहेको भन्दै प्रतिनिधिसभा बैठकमा आपत्ति जनाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सिंहले परम्परा तोड्ने नाममा सरकारले संसदीय अभ्यास कमजोर बनाउने काम गरिरहेको भन्दै आपत्ति जनाएका हुन्।

उनले बजेटसम्बन्धी छलफलका क्रममा अर्थमन्त्री संसद्मा अनिवार्य उपस्थित हुने संसदीय परम्परा रहेको उल्लेख गर्दै त्यसलाई पालना नगर्नु संसद्को औचित्यमाथि प्रश्न उठेको पनि जनाए।

सिंहले “नयाँपन” को नाममा सबै परम्परा भत्काउने छुट सरकारलाई नरहेको भन्दै संसदीय मर्यादा जोगाउन सरकार गम्भीर हुनुपर्ने बताए।