कोभिड १९ जनावरबाट नभएर प्रयोगशालाबाट फैलिएको सीआईएको दाबी

काठमाडौंः अमेरिकी गुप्तचर निकाय सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी सीआईएले कोरोना भाइरस जनावरबाट नभइ चिनको प्रयोगशालाबाट फैलिएको दाबी गरेको छ ।

शनिबार जारी गरेको रिपोर्टमा अनुसार जनावर भन्दा प्रयोगशालाबाट फैलिने सम्भावना बढी देखिएको जनाएको हो ।

शनिबार सार्वजनिक गरिएको यस प्रतिवेदन अनुसार चीनलाई कोभिड–१९ का लागि जिम्मेवार ठहराइएको छ । यद्यपि सीआईएको प्रतिवेदनमा यस दाबीलाई प्रमाणित गर्ने पर्याप्त प्रमाण नभएको पनि उल्लेख गरिएको छ ।

सीआईएका प्रवक्ताका अनुसार, ‘उपलब्ध रिपोर्टहरूको आधारमा कोभिड–१९ महामारीको उत्पत्तिमा प्राकृतिक कारणभन्दा बढी प्रयोगशालासँग सम्बन्धित कारण भएको कम आत्मविश्वाससहितको मूल्यांकन छ।’

सीआईएको नयाँ निर्देशक जोन र्‍याटक्लिफको यो पहिलो निर्णय हो । जसलाई नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका हुन् ।

उनले बिहिबार मात्रै कार्यभार सम्हालेका थिए। ट्रम्पले कार्यभार सम्हालेपछि कोभिड १९ कै विषयिसमेत जोडेर विश्व स्वास्थ्य संगठनलाई दिने अनुदान रोक्ने निर्णय गरेका छन् ।

जबकी यस्ता दाबीमा चिनले पहिले पनि आपत्ती जनाइसकेको छ।

चिनले यसअघि पनि पश्चिमी मिडियाल अमेरिकाको उक्साहटमा अफबाह फेलाएको बताएको थियो ।