काठमाडौंः चितवनस्थित भरतपुर अस्पतालले क्युआर कोडबाट रिपोर्ट हेर्न र प्रिन्ट गर्न सकिने व्यवस्था सुरु गरेको छ ।
बिरामीको सहजताका लागि अस्पतालले क्युआर कोडबाट रिपोर्ट हेर्न र प्रिन्ट गर्न सकिने व्यवस्था सुरु गरेको हो ।
अस्पतालमा विभिन्न रोगको नमूना परीक्षण गराएका बिरामीले आफ्नो रिपोर्ट क्युआर कोडबाट हेर्ने व्यवस्था मिलाएको अस्पतालले जनाएको छ ।
अस्पतालले क्युआर कोड स्क्यान गरी रिपोर्ट प्रिन्ट गर्न मिल्ने व्यवस्था पनि गरेको छ ।
साथै स्मार्ट फोन प्रयोगकर्ताले आफ्नो मोबाइलबाट स्क्यान गरेर पनि रिपोर्ट हेर्न सक्ने उनले बताए।
अस्पतालका अनुसार ‘ल्याबको बिलिङ गर्दा क्युआर कोडसँगै आउँछ यो कोर्ड स्क्यान गरेपछि मोबाइलमा पनि हेर्न सकिन्छ र, अस्पतालमा भएको मेसिनबाट रिपोर्ट लिन सकिन्छ।
यो व्यवस्था लागु भएसंगै अस्पतालमा बिरामीको भीडभाड कम हुने अस्पतालको अपेक्षा छ।
अस्पताललाई विस्तारै पेपरलेस बनाउनका लागि पनि यो सेवा सुरु गरिएको हो ।


















